सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेत पार गरेको छ ।
कोसी ब्यारेजमा शनिबार बिहान १०. १५ बजे २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
निरन्तर वर्षा भइरहेकोल हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा ३० वटा ढोका खोलिएको छ ।
पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
निरन्तर वर्षा भइरहेकोले कोसीका सहायक नदीमा समेत पानीको बहाव बढेको छ ।
प्रकाशित मिति : १९ असार २०७८, शनिबार १२ : ४३ बजे
प्रतिक्रिया