सुनको मूल्यमा नयाँ कीर्तिमान

मनसुनी वायु सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा 

काठमाडौँ । मनसुन वायु सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।

मनसुनी वायुको प्रभावले प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती  प्रदेशका एक दुई स्थानमा  धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू(क्षय, पहिरो तथा गेग्र्यान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान                 
​​​​​​​२०७८ असार १९ गते(शनिवार)
दिउँसो:
प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ  । प्रदेश २ र बागमती  प्रदेशका  एक दुई स्थानमा  धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ  ।

राती : प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, प्रदेश २, र गण्डकी  प्रदेशका  एक दुई स्थानमा  धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ  ।

२०७८ असार २० गते (आइतबार)
दिउँसो :
 देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७८ असार २ गते (सोमबार)
दिउँसो : 
प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती: प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ०८ बजे