ललितपुर – सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २ : ५१ बजे
प्रतिक्रिया