सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपति संस्थामाथि निरन्तर आक्रमणको प्रयास भईरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति संस्थामाथी योजनाबद्ध ढंगले प्रहार भइरहेको बताउनुभएको छ । शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले ‘निकृष्ट तबरमा उर्लिएर राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइएको’ टिप्प्णी गर्नुभयो।

पार्टीको नेता हो भन्ने अरुको दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य सहैय हुदैन् उहाँले भन्नुभयो। हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौ। तर याद होस हाम्रो आन्दोलन धेरै मजबुत छ । बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडी बढदछ उहाँले भन्नुभयो । क बामदेब गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएको हो । उहाँलाइ स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोली हुने बैठक मा सहभागी हुन आग्रह गर्दछु प्रधानमन्त्रीले भन्नुभयो। उहाँले जिस्काउदै बामदेब गौतमलाई भन्नुभयो बामदेब जीलाई आउने जाने क्रम जारी नगरी आको आइ गर्न अनुरोध गर्द्छु।भोलिबाट कोरोनाको खोप आउने क्रम सुरुहुनेछ क्रमश सबै जनताले खोप हाल्न पाउनेछन् प्रधानमन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४२ बजे