सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले केन्द्रीय कमिटीको १३ औं बैठक बालुवाटारमा शुरु, बामदेव सहभागी, माधव पक्ष आएनन्

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी हुनुहुन्छ ।

बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन कुराकानी भएको थियो । टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रह नेपालले अस्विकार गर्नुभयो ।

माधव नेपाल समूहले बिहीबार नै आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : २० बजे