सुनको मूल्यमा नयाँ कीर्तिमान

मुग्लिन–नारायणगढ सडक खण्डमा रोकिराखेको ट्रकमाथि पहिरो खस्यो

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा रोकिराखेको ट्रकमाथि नै पहिरो खसेको छ । 

इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा रोकिराखेको ट्रकमाथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो ।

नारायणगढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं. को एउटा स्कोरपियो गाडी पनि फसेको छ । 

मुग्लिन–नारायणगढ सडक खण्ड अहिले पूर्णरुपमा दुईतर्फी नै बन्द रहेको छ । 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : १२ बजे