सुनको मूल्यमा नयाँ कीर्तिमान

देशका अधिकांश भू-भागमा रातिदेखि लगातार वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेकोले देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ।

प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू -क्षय, पहिरो तथा गेग्रान  बहाव  (debris flow)  को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन  जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                  
२०७८ असार १८ गते (शुक्रवार)
दिउँसो:
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षा तथा एक दुई स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।
 
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा   मेघ गर्जन र चट्याङ्गसहित भारी  भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ  । 

२०७८ असार १९ गते(शनिवार)
दिउँसो :
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार २० गते (आइतबार)
दिउँसो : 
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ३३ बजे