‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

वर्षात्का कारण दुईको मृत्यु

सिन्धुली – जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो ।

वर्षाका कारण कमलामाई नगरपालिका वडा नं ८ पहिरेस्थित ्रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको. परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम्दुङको मृत्यु भएको हो ।

उहाँका अनुसार कमलामाई –८ सिस्नेरी स्थित कमलाखोलाको दक्षिणपट्टि कमलाखोलाले बगाइल्याएको एउटा शव भेटिएको छ । शव  कमलामाई –५ फोस्रटार बस्ने  ८७ वर्षीय सन्तबहादुर मगरको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

यस्तै वर्षात्का कारण प्रहरीले विभिन्न स्थानमा मनिसको उद्धार गरेको छ । कमलामाई–९ सुकेखोला स्थित बिपी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको  गोलञ्जोर गाउँपालिका १ च्याखुटारका वासुदेव श्रेष्ठले चलाएको ज १ ह ४५५९ नंको अटो खोला तर्ने क्रममा खोलामा नै रहेका बेला अटो, चालक र सवार एक जनालाई प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै कमलामाई –५ मधुटार नजीक कारागारबाट सिन्धुली मधुटारतर्फ आउँदै गरेको बा ५ ख ६७३२ नंको खाली ट्रक रानीखोलामा आएको बाढीले  ३० मिटर तल पु¥याएकामा प्रहरीले ट्रक चालक  काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –१ बस्ने सागर लामा स्याङ्तानलाई प्रहरीले उद्धार गरेको छ ।

रासस

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ०४ बजे