सुनको मूल्यमा नयाँ कीर्तिमान

चिनियाँ कम्युनिष्ट पार्टीको शताव्दी बर्षगाँठ र नेपाले सिक्नुपर्ने स्थिर राजनीति 

काठमाडौं । हाम्रो छिमेकी देश चीनको ‘चिनियाँ कम्युनिष्ट पार्टी’ स्थापनाको आज सय बर्ष पुगेको छ । विश्वकै सवैभन्दा ठुलो कम्युनिष्ट पार्टीको रुपमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना आजभन्दा सयबर्ष अगाडी जुलाई १, सन् १९२१ मा सांघाईमा भएपनि यसको पहिलो अधिवेशन जुलाई २१ देखि २३ सम्म भएको थियो । सोभियत संघको वोल्सेभिक क्रान्तिबाट प्रभावित भएर माक्र्सवाद र लेलिनवादलाई आफनो आदर्श मान्दै चिनियाँहरुले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । 

धेरै मानिसहरु माओत्सेतुङलाई चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापक नेता मान्दछन । तर उनी यो पार्टीको संस्थापक नेता होइनन, हाम्रो नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेताजस्तै चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता चेन दुस्यु हुन । आज चेन दुस्युको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक शताव्दी पुगेको छ । त्यसैले यो पार्टी स्थापनाका संस्थापक नेता चेन चिनियाँ कम्युनिष्ट पार्टीका आदर्श हुनुहुन्छ । 

सोभियत संघमा वोल्सेभिक क्रान्ति सफल भएको लगभग २ बर्षपछि स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको समयमा सन यात्सेनको कोमिन्ताङ राष्ट्रिय पार्टीले चीनको शासन सत्ता सम्हालेको थियो । सन् १९११ मा सन यात्सेनको नेतृत्वमा चीनमा गणतन्त्र आएपछि त्यहाँको छिन बंशको राजन्तत्र वा डाइनाष्टि समाप्त भएको थियो । तर जव कोमिन्ताङ पार्टीका नेता सनयात्सेनको सन् १९२५ मा मृत्यु भयो, त्यसपछि उनका साढुभाई समेत रहेका च्याङकाई शेकले शासन लिएपछि चिनको कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाइएको थियो ।

शुरुमा कोमिन्ताङ पार्टीसँग सहकार्य गर्दै अगाडी वढदै गएको चिनियाँ कम्युनिष्ट पार्टीलाई जव च्याङकाई सेकले प्रतिविन्ध लगाए । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीको रणनीति र कार्यनीतिहरु फेरीए । लेलिनले रुसमा शहरी विद्रोह मार्फत क्रान्ति सम्पन्न गरेका नीति चीनमा लागु भएन । त्यहाँ माओत्सेतुङको नेतृत्वमा ग्रामीण विद्रोह मार्फत शहर घेर्ने र क्रान्ति सफल गर्ने रणनीति र कार्यनीति लागु गरियो । यो क्रान्ति उचाईमा पुग्दै गर्दा सन् १९३७ मा जापानले चीनमाथि व्यापक आक्रमण गरयो । जापानी आक्रमणमा आम चिनियाँहरुको कत्लेआम समेत भयो । त्यो समयमा बाहय शक्ति विरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीका जनसेना र राष्ट्रिय सेना एक भएका थिए र जापान विरुद्धको लडाईमा होमिएका थिए । तर सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरु भएको थियो । त्यो युद्धमा जर्मन, इटाली र जापान एकातिर थिए भने सोभियत रुस, अमेरीका र चीन अर्कोतर्फ थिए । यो युद्ध नाजीवाद विरुद्धको युद्ध थियो र यो युद्धले नाजिवादलाई पराजित गरेको थियो । यहाँ यो प्रसङ उल्लेख गर्नको अर्थ दोस्रो विश्वयुद्धको पराजयसँगै चीनवाट जापान पनि पराजित भएको थियो । 

बाहय शक्तिका विरुद्ध एक भएर लडेका चिनियाँ जनसेना र राष्ट्रिय सेना सन् १९४५ को दोस्रो विश्वयुद्धको समाप्ती पछि आ—आफनै बाटो लागेका थिए । यहाँ लामो इतिहासलाई उजागर गर्नभन्दा पनि सन् १९४९ अक्टुवर १ मा चीनमा जनगणतन्त्र स्थापना भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको सयबर्षको इतिहासमा पार्टीभित्र प्रशस्त अन्र्तरविरोधहरु थिए । तर चिनियाँ कम्युनिष्ट पार्टीमा अहिले पनि विभाजनको कुनै इतिहास छैन । सन् १९४९ देखि सन् १९७६ सम्म चिनको कम्युनिष्ट पार्टी माओत्सेतुङको नेतृत्मा चल्यो । त्यो वीचमा अर्थात सन् १९६६ देखि १९७६ सम्मको समयलाई हामी सांस्कृतिक क्रान्तिको समय भन्दछौ । त्यो समय चिनियाँकम्युनिष्ट पार्टीका लागी अस्थिरताको बर्षहरु रहे । तर अव माओत्सतुङको र उनका सहयात्री चाउएन लाईको सन् १९७६ मा मृत्यु भयो । त्यहाँ सास्कृतिक क्रान्तिको पनि अन्त्य भयो । आज चिनियाँहरु र चिनियाँकम्युनिष्ट पार्टीका नेताहरु पनि यो सांस्कृतिक क्रान्ति गलत थियो भन्ने कुराको स्वीकार गर्दछन । तर सास्कृतिक क्रान्ति सकिएको केही समयसम्म सांस्कृतिक क्रान्तिका पक्षधर र त्यसको विरोधीहरुको वीचमा अन्र्तर संघर्ष चलिनै रहेपनि जव देङस्याओ पिङले घरेलुरुपमा सुधार र बाहयरुपमा खुल्लापनको नीति लिए । चीनमा केन्द्रकृत योजना र अर्थ प्रणाली र बन्द अर्थव्यवस्थाको पनि अन्त्य भयो ।

आज चीन विश्वको वलियो सामरीक र दोस्रो अर्थतन्त्र भएको देशकोरुपमा चिनिन्छ । आजको चीनको आर्थिक, राजनीति र सामाजिकरुपमा विश्वमा जुन हैसियत छ । त्यसका पछाडी चिनियाँ कम्युनिष्ट पार्टीले लिएको नीति र सिद्धान्त नै मुख्य कारण हो । आज समग्र चिनियाँ कम्युनिष्ट पार्टी र सरकार माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधारा र देङस्याओ पीङ सिद्धान्तबाट  निर्दैशित छ र त्यसैको जगमा आजको चीनको विकास भएको छ । 

नेपालमा जननेता मदन भण्डारीले तत्कालिन नेकपा मालेको महासचिवको हैसियतले विभाजित कम्युनिष्ट पार्टीको एकीकरण अभियान शुरु गर्नुभएको थियो । जननेता मदन भण्डारी र मनमोहन अधिकारीको नेतृत्वमा तत्कालिन नेकपा माले र नेकपा माक्र्सवादी पार्टी एकीकरण भई नेकपा बनाउनु नेपालको कम्युनिष्ट पार्टीको एकीकरणको शुरुवात थियो । पार्टी एकता पद भन्दा ठुलो होइन भन्ने सिद्धान्तको जगमा जननेता मदन भण्डारी आफैले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेतामा समेत प्रस्ताव गर्नुभएको थियो । त्यसपछि यो एकताको अभियानलाई हत्या हिँसाबाट आफनो राजनीतिक आकार बनाएको माओवादी केन्द्रलाई समेत मिलाएर केपी शर्मा ओलीको नेतृत्वमा बृहत कम्युनिष्ट पार्टीको एकीकरण अभियान शुरु भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको ७० बर्षभन्दा लामो इतिहासमा नेपालले राष्ट्रपति सहित प्रधानमन्त्री समेत पाएको छ । दुई तिहाई सहितको कम्युनिष्ट सरकार पनि निर्माण गर्न सफल भएको । नेपाललाई समृद्ध बनाउने र नेपालीहरुलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पुरा गर्न स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सरकारहरुले बृहत अभियानहरु सञ्चालन गरिएका थिए । तर कम्युनिष्टका नेताहरु विस्तारै अन्तरसंघर्षमा लागे ।  सवैलाई राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने कुत्सित महत्वकांक्षाका कारण स्थिर राजनीतिमार्फत देश निर्माण गर्ने, पार्टीलाई मजबुद बनाउने केपी शर्मा ओलीका सपनाहरुमा अहिले ठेस लागेको छ । 

जे होस् हाम्रो छिमेकी देश चीनले आज कम्युनिष्ट पार्टी स्थापनाको शताव्दी दिवस मनाइरहेको सन्दर्भमा नेपालीहरुले पनि चीनबाट राजनीतिक स्थायीत्व र देश विकासको तरिका सिक्न जरुरी छ ।  चीनमा नीति र नेतृत्वप्रति सवैको विश्वास र भरोसा थियो । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र अन्तरविरोध त्यहाँ पनि थिए होलान । तर चीनीयाँहरुले त्यो कुरा बाहिर ल्याएनन । पार्टीको नीति र सिद्धान्तलाई, नीति र नेतृत्वलाई आदर्श मानिरहे । कम्युनिष्ट पार्टीका कुनै नेताका विरुद्ध कोमिन्ताङ, अमेरीका र जापानको सहयोग चाहेनन । प्रधानमन्त्री पदकालागि अदालत गुहारेनन । चीनीयाँ कम्युनिष्ट पार्टीबाट यो कुरा सिक्ने की नसिक्ने ? आज अस्थिरता चाहने नेताहरुले एकपल्ट सोच्नु पर्ने अवस्था आएको छ । 

चीनसँग नेपालले दौत्य सम्वन्ध कायम गरेको ६५ बर्षभन्दा लामो समय भएको छ । अरु देशहरुजस्तै नेपाल र चीन बीचको सम्वन्ध अगाडी बढीरहेको छ । सरकार सरकारका वीचमा मात्रै होइन, पार्टी र जनस्तरमा समेत दुई देशको सम्वन्ध अगाडी बढीरहेको छ । भौगोलिकरुपमा हाम्रा सीमाहरु हिमालले छुटयाएपनि  सम्वन्धहरु अग्ला पहाडले रोक्न सक्दैन ।  नेपालीहरुले चीनवाट सिक्ने र चीनले हामीबाट सिक्ने अवसरहरुलाई हामी दुवै देशले अनुसरण गर्न सक्नु पर्दछ ।  शताव्दी बर्षगाँठको सन्दर्भमा नेपालीहरुको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई एवं शुभकामना ।  

 

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : १२ बजे