‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि; ३३ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १० हजार ९८५ जनाको परीक्षण गर्दा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ४ हजार १७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३१ हजार ३६८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३३ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार १४५  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०१ बजे