सुनको मूल्यमा नयाँ कीर्तिमान

विपदमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज बसेको विपद सम्बन्धी बैठकमा उहाँले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिनुभएको हो ।

उहाँले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताउनुभयो । बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने पनि गृहमन्त्री पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ३१ बजे