सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनले कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै (तस्विरहरु)

बेइजिङ्ग । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको कुनै पनि राष्ट्रलाई दमन गर्ने नीति नरहेको बताउनुभएको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं स्थापना दिबसको अबसरमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

राष्ट्रपति चिनफिङको सम्बोधन सुन्न बेइजिङ्गको तिआनमेन स्क्वायरमा ७० हजार चिनियाँ उपस्थित भएका थिए । करिब एक घण्टा लामो सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले आधुनिक चीनमा पार्टीको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले कसैलाई चीनमा दमन गर्ने, अधीनमा राख्ने वा बदमासी गर्ने अनुमति नदिने प्रष्ट्याउनुभयो । चीन आफ्नो वृद्धि दरमा केन्द्रित रहने बताउनुभयो ।

चिनियाँ आर्थिक वृद्धि दरलाई अमेरिकाले दबाउन खोजेको आरोप लाग्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को स्थापना सन् १९२१ म भएको हो । ७२ वर्षे लामो गृहयुद्धपछि सीसीपी सत्तामा आएको थियो । सीसीपीको सत्तारोहणपछि विश्वकै शक्तिशालीमध्येका एक राष्ट्रको रुपमा चीनको उदय भएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १२ : ४९ बजे