साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेको महाधिवेशन आयोजक समिति बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाउनुभएको छ । 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बोलाउनु भएको हो । 

अध्यक्ष ओलीले माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको बुझिएको छ । 

यसअघि शुक्रबार मात्र बालुवाटारमै एमाले महाधिवेशन आयोजक कमिटीको बैठकको बसेको थियो।
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ०३ बजे