सुनको मूल्यमा नयाँ कीर्तिमान

पार्टी एकताका लागि आजपनि एमालेका नेताहरु छलफलमा सक्रिय

काठमाडौं । भोलिका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरु आज पनि बिहानैदेखि छलफलमा जुटेका छन् ।

बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ ।
केहीबेरमा सुरु हुने माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानु पर्ने भएकोले अहिलेको बैठक कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौं’ एक नेताले भन्नुभयो ।

नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापनको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १० : ३९ बजे