काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुको मूल्नय प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार १२ : ५० बजे
प्रतिक्रिया