सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक समिट होटलमा जारी

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै ललितपुरस्थित समिट होटलमा कार्यदलको बैठक सुरु भएको हो ।

कार्यदलका एक सदस्यका अनुसार एमाले विवादमा सहमति कायम गर्नका लागि गठित कार्यदलका नेताहरूले यस विषयमा थप छलफल गर्नेछन् ।

आजको बैठकमा संस्थापन पक्षले आजको महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयहरू औपचारिक रूपमा जानकारी गराउने बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ५५ बजे