सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय विभूतीमा थपियो भक्ति थापाको नाम 

काठमाडौं । सरकारले सन् १९७१ सालमा नेपाल– अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ ।  

असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले उक्त जानकारी दिनुभएको हो ।  

नेम्बाङले वीर भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको बताउनुभयो  । सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गर्नुभएको थियो । यसअघि १६ जना राष्ट्रिय विभूति हुनुहुन्छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३२ बजे