काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले ब्यहोर्ने भएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता खनालको उपचार खर्च एमालेले ब्यहोर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको पनि कामना गरेको छ ।
प्रकाशित मिति : १६ असार २०७८, बुधबार ३ : २३ बजे
प्रतिक्रिया