काठमाडौं । लोकसेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ।
आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।
खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित भएको थियो। वार्षिक कार्यतालिकाअनुसार आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन गरे पनि परीक्षाहरु स्थगित भएका थिए।
आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षाहरू आयोगको असार १४ गतेको बैठकको निर्णय बमोजिम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकिएको सुचनामार्फत जानकारी गराएको छ ।
परिक्षा कार्यतालिका :
प्रकाशित मिति : १६ असार २०७८, बुधबार ९ : ५४ बजे
प्रतिक्रिया