दलित गाउँका पहिलो शिक्षक

चट्याङ लागेर मृत्यु

पर्सा – सखुवाप्रसौनी गाउँपालिका-४ देवरवना बस्ने ५५ वर्षीय रघुबिर यादवको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा भैंसी चराउने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो ।

यसैगरी जिराभवानी गाउँपालिका-३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ५४ बजे