काठमाडौं । सरकारले कोरोनाको दोस्रो लहरसँगै बन्द गरेको आन्तरिक उडान बिहीबार खुल्दैछ ।
वायुसेवा संचालक संघका अनुसार बिहीबारबाट दैनिक ६४ उडान हुनेछ ।
बिहीबार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एयरले ३१ वटा यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।
सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो ।
निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।
स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान संचालन गर्नुपर्ने छ ।
प्रकाशित मिति : १५ असार २०७८, मंगलबार ४ : ५१ बजे
प्रतिक्रिया