सुनको मूल्यमा नयाँ कीर्तिमान

आयोजक कमिटी बैठक अघि एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज(मंगलवार) बेलुका बस्ने भएको छ । भोली(बिहीबार) बस्न लागेको महाधिवेशन आयोजक कमिटी बैठक अघि स्थायी समिति बैठक बस्न लागेको हो ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने तयारी गरिरहेको छ । पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माग गरेपछि यस अघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ ३ अघिको अवस्थामा पार्टीलाई लैजाने बताइसक्नु भएको थियो । 

सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएपछि एमालेले पुनः केन्द्रीय समिति व्युँउताने तयारी गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : ०९ बजे