साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

बर्दिया – मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ३१ बजे