साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

प्रदीप नेपालका नजरमा मदन भण्डारी

६ वर्ष ४ महिनाकी मेरी छोरी समीक्षा, ढोकाको आडमा उभिएर आप्mनो दिदी सदिक्षालाई संझाउँदै छ, “चुप लाग । मदन अंकल र सागरको बाबा (जीवराज आश्रित) मर्नुभयो । ड्राइभर नक्कली थियो रे ¤ बाबालाई पीर परेको छ । त्यसैले मैले बाबालाई चुरोट खान देको ।” छोरी भरखरै मेरो छेउमा आइ र सोधी, “बाबा अंकलहरुलाई मारेको रे हो ?”

कमरेड मदन मण्डारीसंगका झण्डै ६ हजार दिनहरूवित्नै लागेछन् । सूर्यको बेगवान् रथले थाहै नपाइ रातको अन्धकारलाई चिरेछ र १७ वाटा वर्षहरुलाई पचाइसकेछ । बनारसको राम मन्दिर धर्मशालाको तातो छतले अहिले भ्याएको छैन कि जस्तो लाग्छ । तर थाहै नपाइ साढे पाँच हजार दिनहरू बितिसकेछन् । 

शायद मदन र आश्रितको हत्या नभएको भए यो १७ वर्षको लामो काल पत्तै नपाइ अरु केही दशकसम्म तन्किने थियो होला ।   

मदन भण्डारी
२०३४ साल बैशाख १२ गते मदन भण्डारीसँग मेरो पहिलो भेट भएको थियो । त्यतिबेला राम मन्दिर धर्मशालाको छत साह््रै नराम्ररी तातेको थियो । मदनसँग मेरो अन्तिम भेटघाट र कुराकानी २०५० सालको जेठ १ गते बिहान ९ बजे नक्सालमा, वहाँको डेराको भित्री कोठामा भएको थियो । त्यो दिन पनि रापिलो गर्मी नै थियो । 

कामकै कारणले मदनसँग मेरो विशेष घनिष्ठता रहन गयो । को अर्डिनेशन र मुक्तिमोर्चा समुहको एकीकरणको सन्दर्भमा हामी बिच घनिष्ट सापिप्यता समेत रह्यो । ०३४ सालमा हामी दुवै को अर्डिनेशन केन्द्रमा चुनियौँ । पहिलो पल्ट केन्द्रमा निर्वाचित हुँदा म लुम्बिनी अंचलमा थिएँ र वहाँ कोशी अंचलको प्रमुख हुनुहुन्थ्यो । तर केन्द्रीय नेतृत्वमा निर्वाचित भएका ६ महिनामै ०३६ सालको साउनमा, म मेची अंचलमा सरुवा भएं । त्यसपछि त प्रत्येक महिनै जस्तो हाम्रो भेट भईरह्यो । ०३९ सालदेखि विचार र सोचको क्षेत्रमा पनि हामी एक भयौँ । ०४६ सालमा चौथो महाधिवेशन पछि मदन महासचिबमा निर्वाचित हुनुभयो र मैले महासचिवको सहयोगीको जिम्मेबारी लिनु प¥यो । त्यतिबेला हामी टेकुको सिर्जना छापाखानाको नजिक बस्थ्यौँ  र त्यही नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को केन्द्रीय सचिवालय पनि थियो । त्यस यता त निरन्तरको संगतिमा हाम्रो जीवन बितेकै थियो । 

त्यसैले मदन भण्डारीका बारेमा केही लेख्ने कुरा सोच्दा म  सधैँ अलमल्ल पर्छु  । कहाँबाट थाल्ने मदनको कुरा ? परिचयबाट ? कि अवसानबाट ?

मदन भण्डारीलाई मैले सधैँ आफनो जिन्दगीप्रति लापरबाह तर राजनीतिमा खुलस्त मानिसको रूपमा भेटेँ । शुरुको दिनमा मैले वहाँ समक्ष कुरा राख्दै भनें, “तपाइहरुले निकाल्नु भएको मुक्तिमोर्चा हामीले जेलमै पायौं । जेलबाट निस्किए पछि तपाइहरुसंग संपर्क गर्ने दायित्व बोकेर म यहाँ आएको छु ……..।”

पहिलो चरणको कुराकानीको समाप्तिमा पदनले भन्नुभयो, “हामीहरूबिच मतभेदका विन्दुहरूरहेछन् । जनसंघर्ष संचालन नगरी सशस्त्र संघर्ष संचालन गर्नै सकिन्न । अर्को कुरा तपाइहरुले सोचे जस्तो मुक्तिमोर्चा कुनै विधिवत् संगठित समूह होइन । सशस्त्र संघर्षको दिशा खोज्ने क्रममा हामीले भावनात्मक एकताको आधार मात्र बनाएका छौँ । यस भित्र आप्mनो निजी विचारको अस्तित्व पनि बाँकि छ ….।”

मनको कुरोलाई बिना मोलाहिजा व्यक्त गर्न सक्ने कमरेड मदन भण्डारीको यो शैली अन्तिम दिनसम्म जस्ताको तस्तै थियो । जनताको बहुदलीय जनवादको विवाद शिखरमा रहेको र तत्कालिन पोलिटव्युरो भित्रबाटै भिन्न – भिन्न कोणबाट त्यसमाथि आक्रमण भईरहेको बेला छलफलको क्रममा वहाँले भन्नुभयो, “म एक्लै परे पनि यो मान्यता छोड्दिन । आवधिक अनुमोदनको अभावमा कुनै पनि पार्टीलाई सत्ता संचालन गर्ने अधिकार दिनै सकिदैँन ।”

मदनमा निर्भिकता र आफुप्रतिको लापरबाहीको अनौठो संगम थियो । धनकुटामा २०३६ सालको दमनताका वहाँले प्रहरीलाई छक्याएको कुरा त मैले अरुकै मुखबाट सुनेको थिएँ, तर वहाँसंगै बिताएका केही क्षणहरुले म स्वयंलाई त्यस्तो गुणको परिचय दिएका थिए । 

त्यतिबेला मदनको खोजी हुन थालिसकेको थियो । एक रात कमरेड भरतमोहन अधिकारीको घरमा कुराकानी सकेर हामी आप्mनो आश्रय – स्थल तिर फर्किइरहेका थियौँ । रातको ११ बजिसकेको थियो । विराटनगरको सडक सुनसान थियो । तर किन हो कोनि बाटामा पुलिसको चहल–पहल पनि अस्वभाविक रूपमा बढेको थियो । हामी दुवै अलग अलग साइकलमा थियौं । गस्ती पुलिसको बिचबाट फुत्त फुत्त साइकल छिराउँदै, छिनछिनमा कुराकानी गर्दै जसरी वहाँ गुडिरहनु भएको थियो  – त्यो वास्तवमै स्मृतियोग्य क्षण थियो । 

२०३८ सालमा झापाको पथरियामा हामीले मेची अंचलस्तरीय एउटा प्रशिक्षण शिविरको आयोजना गरेको थियौँ । त्यहाँ मदनलाई केन्द्रीय कमिटी सदस्यको हैसियतमा हामीले निम्त्याएका थियौँ । कार्यक्रम चल्दाचल्दै नजिकैको चौकीमा पुलिसहरुको जमघट बढेको र कार्यक्रम सम्वन्धी गोपनिया खुलेको जानकारी हामीसम्म आयो । हामीले हतार हतार कार्यक्रम स्थगित ग¥यौं र सहभागी कमरेडहरुलाई विभिन्न ठाउँमा छ¥यौं । अन्तमा एक जना मार्गदर्शक, मदन, देवराज घिमिरे, कालिदनस श्रेष्ठ, कुलप्रसाद उप्रेदी र म बाँकि रह्यौँ । निशब्द आकासमा तैरिरहेको चन्द्रमातिर हेर्दै मदनले भन्नु भयो, “केही भएको भए मेची त डुब्थ्यो नै, कोशीलाई पनि जमेर एक लात हान्ने थियो ।”
मदनको निश्चिन्त ठट्टामा हाँस्न बाहेक के गर्न सकिन्थ्यो र ?

पदमम चुडाल नाम गरेको कुनै बदमाशले ०४५ सालमा सत्ता सामू आत्मसमर्पण गरेर सम्बन्धी सम्पूर्ण जानकारी वागमती अंचलाधिशलाई बुझायो । सौभाग्यवश हामीले त्यो गद्दारीको जानकारी तुरुन्तै पायौं । त्यतिबेला कमरेड झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो । तर विचार निर्माणमा मदनको नेतृत्व स्थापित भईसकेकै थियो । त्यसैले काठमाण्डौमा तुरुन्तै संकटकालीन बैठक डाकेर हामीले मदनलाई मोरङ्कबाट हटाउने निर्णय ग¥यौँ र एक जना विद्यार्थी साथी, रोमणि भट्टराइलाई हवाइ जहाजद्वारा विराटनगर पठायौँ । भोलिपल्टै मदनले खबर पठाउनु भयो, “कार्यकर्ताको सुरक्षाको व्यवस्था नगरी मैले मोरङ्क छोड्न मिल्दैन । मेरो चिन्ता नगर्नु । म यताको काम मिलाएर आउँछु ।”

निर्भिकता र व्यक्तिगत जीवनप्रतिके यही लापरवाहीपनले मदन भण्डारीलाई हामी कोही भन्दा धेरै उँचो स्थानको नेता बनाएको थियो । यही गुणले वहाँलाई पार्टी कार्यकर्ताको आस्थाको केन्द्र बनाएको थियो । २०४७ सालमा पार्टी कार्यलय भवनको उद्घाटनको बेला मदनले गर्नुभएको भाषण, निर्भिकता र स्पष्टताको आद्वितीय नमूना थियो । इमान्दार भएर हामीले स्वीकार्नु पर्छ – पार्टीको निर्णय र सोचलाई त्यति सटिक शब्दमा, त्यसभन्दा अगाडि कसैले लान सकेको थिएन । त्यो सभामा वहाँ ढाल बनेर उभिएपछि त्यसलाई कसैले रोक्नै सकेन । 

दक्षिण अफ्रिकामा कमरेड क्रिस हानीको हत्या भएपछि हामी केहीले वहाँको लापरवाहीको कडा आलोचना पनि ग¥यौं । वहाँले त्यसपछि सुन्नु त भयो– तर आप्mनोलागि विशेष व्यवस्थाको माग वहाँले गर्नु भएन । बरु उहाले पटक पटक हामीलाई संझाउदै भन्नुभयो, “यस्तो परिस्थितिमा एक जनाको सुरक्षा र सुविधाको बारेमा हामी कस्तो व्यवस्था गर्न सक्छौं र  ?” आप्mनो इतिहास, आप्mनो व्यक्तित्व र आप्mनो परिवारप्रति वहाँ भित्र चिन्ता जागेको कहिल्यै देखिएन । तर अहिले सबैले स्वीकार्न कर लाग्छ – आफू र आप्mनो परिवारप्रति केही माग नराख्नाले नै इतिहासले वहाँलाई सबैभन्दा माथिल्लो स्थानमा लगेर राख्ने काम गरेको हो ।

पौराणिक आख्यानमा नीलकण्ठको कथा पढ्न पाइन्छ । मलाई लाग्छ, हाम्रो पार्टी भित्र सबै विष पिएर घाँटीमा अड्काउन सक्ने निलकण्ठ वहाँ नै हुनुहुन्थ्यो । पार्टीका कतिपय निर्णयमा वहाँ असहमत पनि हुनुहुन्थ्यो । तर त्यस्ता निर्णयलाई सारा तीरको सामना गर्दै जसरी वहाँले पिउनृु भयो र तिनको पक्षपोषण गर्नु भयो – त्यो साहसको तुलना म अहिले कसैसंग गर्न सकिरहेको छैन । वहाँको बदनामी गर्नेहरुले उठाएको वैशाख २१ संवन्धी ६ बुंदे संझौता यस तथ्यको एउटा ज्युँदो प्रमाण हो ।

बेचारिक संघर्षका कठोर घडीहरूर संगठन भित्र चर्किएको गुटबन्दीले चरम रुप दिएको बेलामा समेत मैले मदनलाई चिन्तित देखिन । लगाएत काम गर्दै जनुपर्छ, समस्याहरूआफैं समाधान हुन्छन् – किनभने समस्यालाई छिमल्ने हतियार भनेको कामप्रतिको निःशर्त समर्पण नै हो भन्ने मदन भण्डारीलाई त्यत्रो लामो सहवासमा मैले केवल एकदिन चिन्तित र उदास अनुहारमा भेटें । त्यो दिन थियो – २०४९ सालको माघ २३ गते । पाँचौं महाधिवेसनको अन्तकालमा आप्mनो विरुद्ध प्रयोग गरिएको षडन्त्रका कारण म निकै उत्तेजित भएको थिएँ । २२ गते बेलुका मदनले मलाई फोनबाट भन्नु भयो, “जे भएको भए पनि अहिले तपाई नेतृत्वबाट नहट्नुस् ।”

मैले मानिन । त्यो रात त्यतिकै बित्यो ।  भोलिपल्ट २३ गते बिहानै मदन मेरो कोठामा आउनु भयो । वहाँको अनुहार चिताउनै नसक्ने गरी गलेको थियो । वहाँले मलाई के भन्नु भयो, अहिले त्यसको चर्चा आवश्यक छैन । कुराकानीका अन्त्यमा वहाँले भन्नु भयो, “अब केही नबोल्नु होला ।” वहाँको ठाउँमा अरु कोही भएको भए शायदै उसले त्यति खुलस्त र निर्देशनात्मक स्वरले मलाई केही भन्न वा अह्राउन सक्थ्यो होला र शायदै म त्यसलाई स्वीकार्थे होला ।

मदन भण्डारीमा सहज नेतृत्वका गुणहरूथिए । ती गुणहरूमहासचिवको पदले वहाँलाई प्रदान गरेका थिएनन्  । तिनको निर्माणमा कुनै कसरत र कृत्रिमता पनि देखिदनथ्यो । निकै बाउँठा मानिसहरूपनि वहाँको अगाडि गलेको मैले देखेको छु । मलाई लाग्छ – त्यो वहाँको खुलस्तपनबाट जन्मिएको स्वभाविक निचोड थियो । वहाँ असाध्यै सहज ढंगले निर्देशन दिन सक्नुहुन्थ्यो । महाधिवेसनको आखिरी दिन वहाँले मलाई मञ्च पछाडि बोलाएर भन्नु भयो, “तपाई नेतृत्वमा नबस्ने भन्दै हुनुहुन्छ रे । त्यसो भन्न पाइन्छ ? नबसेर कसरी काम गर्नु हुन्छ ? चुप लागेर बस्नुस् ।” त्यसपछि वहाँले छेउमा बस्नु भएको केशवलाल श्रेष्ठलाई अह्राउनु भयो, “वहाँको नाम राख्नुस् । वहाँ बस्नुहुन्छ ।”

मैले प्रतिवाद गर्नै सकिन । त्यसलाई चुपचाप स्वीकार्नु बाहेक मसंग अर्काे कुनै बिकल्प थिएन । मलाइ लाग्छ, यस्तै आवस्थाको सामना गर्ने दर्जनौं कार्यकर्ता अहिले पनि हाम्रा वरिपरि छन् । 

मदन भित्रको रसीकतालाई परिस्थितिले प्रकट हुनै दिएन । शुरुमा मैले भेट्दा वहाँ एकजना साहित्यकार पनि हुनुहुन्थ्यो । वहाँको “डोकाको मोल” शीर्षकाको कथा, प्रगतिशील कथाहरुको सन्दर्भमा, अहिले पनि राम्रा कथाहरुमा आउँछ । मदनका केही गित र कविताहरूअहिले पनि कर्णप्रिय लाग्छन् । वहाँका साहित्यिक रचनाहरूअहिले पनि साथीहरुका डायरी र स्मृतिमा टाँसिएका होलान् । तर वहाँको यो सिर्जनशीलता खास गरेर २०४१ सालदेखि कहिल्यै नफर्किने गरी शून्य क्षितिजतिर बिलायो । 

२०३८ सालको माघ फागुन तिर होला – हामी एक रात रमाइलोसंग नाचेका थियौं । झापाको सतासीधामको एउटा घरमा एक जोडी साथीको विवाह थियो । सिन्दूर, पोते र फूलमालाको कार्यक्रम सकिए पछि हामीले दुवै जनालाई क्रान्तिकारी बाटोमा निरन्तर अघि बढिरहनु होस् भनेर शुभकामना दिँदै गह्रंगा भाषण ग¥यौं । ( तर हाँस उठ्दो कुरो, त्यो भाषण नोट गरिएको कापी झोलाबाट झिकेर कतै धन्क्याउन पनि नपाउँदै ती दुवै कमरेडहरुले क्रान्तिलाई लाल सलाम गरेर विदा लिनु भयो ।) भाषण पछि हलुका पाइला चालेर सबैले नाच्ने प्रस्ताव आयो । मेचीको सचिव म र कोशीको सचिव मदनले शुरुमै नाच्नु पर्ने भयो । ढंग नपूगे पनि त्यो रात मदन रमाइलो मान्दै, संगिनी गाउँदै नाच्नु भएको थियो । 

यति मात्र होहन, विवादको गंभिर क्षणमा पनि वहाँ गंभिर अनुहारबाटै मिठो ठट्टा गर्न चुक्नु हुन्नथ्यो । पाँचौ महाधिवेशन पछि र खास गरेर मलाई केन्द्रीय कमिटीमा राखेको कुरालाई लिएर पार्टी भित्रकै केही साथीले विरोधको अभियान संचालन गरेको थाहा पाएपछि दिक्दार भएर म मदन कहाँ गएँ र वहाँ समक्ष मलाई विदा दिनु होस् भनेर आग्रह गरें । तलको गतिविधिले मदनलाई पनि गंभिर बनाएको थियो । वहाँले केहीबेर मलाई संझाउनु नै भयो । मैले जोड गर्दै भनें, “मेरो कारणले तपाइलाई पनि बदनाम गर्ने कोशिश भईरहेको छ । केन्द्रीय कमिटिमा बस्दै पर्ने वाध्यता किन पर्छ र ? मलाई काम दिनुहोस् । जहाँ भए पनि म काम गरिहाल्छु ।”
“ठीक भन्नुभयो । तर यो पत्रिकाको लेखाइ अनुसार त तपाईले मसंग बहस गर्नै मिल्दैन । हेर्नाेस् त, यसले तपाईलाई मेरो हनुमान बनाएको छ । हनुमानले रामसंग बहस गर्न मिल्छ ?” प्रकाश नामको साप्ताहिक पत्रिका मेरो नाकै मुनि ल्याएर वहाँ हाँस्नु भयो । त्यस्तो दिक्दारी भित्र पनि मैले नहाँसी सुखै पाइन । 

यश र अपयश बिचको तरेलीमा मदन जतिको निश्चिन्त रहने मानिस मैले कोही देखेको छैन । आप्mनो काम लुरुलुरु गर्नु बाहेक शायद वहाँको कुनै अभिष्ट हुँदैनथ्यो । एकपल्ट मान्छेले वहाँलाई सि. आइ. डी. को आरोप लगाए । वहाँको दुर्नाम गर्ने उद्देश्यले विरोधीहरुले वहाँलाई भ्रष्टाचार गरेको , वहाँका चार जना श्रीमती भएको र दामोदर समशेरसंग वहाँको अनुचित संबन्ध रहेको कुप्रचार पनि गरे । त्यो खास कालमा, पार्टी भित्र र बाहिरबाट वहाँ माथि अचाक्ली प्रहार भयो । तर त्यस्तो समाचार पढे वा सुनेपछि वहाँले प्रतिकृया व्यक्त गर्ने वाक्य सधैं एउटै हुन्थ्यो, “होइन, यी मान्छे वा यी पत्रिकाको अरु कुनै काम हुँदैन ?”

अन्तिम क्षणमा वहाँको यो धारणा अलिकति परिवर्तन भएको मैले पाएँ । कतै त्यो हत्याको पूर्वाभाष त थिएन ? २०५० सालको जेठ १ गते शुक्रबार बिहान वहाँको कोठामा पस्ने बित्तिकै अलिक झकिँदै वहाँले मसंग भन्नुभयो, “होइन, यो विमर्श (शुक्रबार निस्कने एउटा साप्ताहिक अखबार) त खत्तमै पो रहेछ । मैले भन्दै नभनेका कुरालाई इन्भर्टेडमा राखी राखी छापेको छ । तुरुन्तै त्यसले अन्तरवार्ता लिएको क्यासेट मगाउनु प¥यो र जस्ताको तस्तै छाप्न लाउनु प¥यो ।”

मैले त्यो दिन विमर्श होइन, छलफल साप्ताहिकलाई अन्तरवार्ता लिन बोलाएँ । त्यो नै कमरेड भण्डारीको अन्तिम अन्तरवार्ता बन्यो । विमर्शले उत्पन्न गर्न खोजेको भ्रम चिर्ने काम त छलफलले ग¥यो । तर विमर्शका प्रतिनिधिलाई बोलाएर क्यासेट बजाए्र पत्रिका पढ्न लगाएर त्यसमा बटारिएका कुरा प्रति स्पष्टीकरण लिन चाहने वहाँको इच्छालाई मैले कहिल्यै पुरा गर्न सक्ने भइन । 
(चोट खाएको मनले म विमर्शसंग रिसाएको होइन, तर हत्या भन्दा केही पूर्व वहाँको अन्तरवार्तालाई फोहोरी तरीकाले  भाँचभुच प्रयत्नलाई के भन्नु हुन्छ ? – आदरणीय पाठक सामू मैले यति प्रश्न चाहिं तेस्र्याउनै पर्छ ।)

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ४९ बजे