साफ यू–१७ च्याम्पियनसिप आजदेखि

१२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर । प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई  छन् । 

बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई सोमबार पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : ०८ बजे