साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर – तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ४३ बजे