सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चलाउन पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझ खुकुलो पारिएको छ ।

आज बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थपेको छ ।

मंगलबारदेखि थप भएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस पनि चल्न दिइने भएको छ । तर, सार्वजनिक यातायातमा पनि निजी यातायातमा जस्तै जोरविजोर लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने छ ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारीसाधनसमेत जोरविजोरमा अघिल्लो सातादेखि सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : १२ बजे