माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन, लाजशरम पचेको मान्छेले जे पनि बोल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको प्रष्ट पार्नुभएको छ । मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखे हरे, एउटा कार्यक्रममा माधवले भने मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिन, म शेर वहादुर देउवाप्रति यति समर्पित छु । मेरो यति निष्ठा छ । म देश, पार्टीलाई धोका दिन्छु तर शेरवहादर देउवालाई प्रधानमन्त्री बनाउन धोका दिन्न ।’  मलाई बौला कुकुरले टोकेको छ र, कोहि नपाएर माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न ?  प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा गर्नुनै बेकार भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माधव नेपाल नेपाली कांग्रेस को मामुली कार्यकर्ता भएको बताउनुभयो । आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै प्रधानमन्त्री ओलीले माधव नेपाल लाजशरम पचेको मान्छे भएको बताउनुभयो । 

अदालतले हिंसालाई दुरुत्साहन गरयो

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम हुन नहुने जनाउँदै प्रश्न गर्नुभयो, ‘विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण दिँदै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिनुभएको थियो ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ३६ बजे