विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उपत्यकामा सार्वजनिक यातायात खुलाउने तयारी, प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ । काठमाडौं उपत्यकामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात खुला गर्ने तयारी गरिएको छ। 

यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै छ । आजको बैठकमा उपत्यकामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात खुला गर्ने बारेमा निर्णय हुनसक्ने बुझिएको छ । 

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ ।

कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने बताइएको छ ।

आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले आज पुनः बैठक बस्ने गरी बैठक सकिएको थियो ।

अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा आइतबार भएको बैठकमा छलफल भएको थियो । 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ०० बजे