निषेधाज्ञा एक साता थप्न उपत्यकाका तीन जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

जारी निषेधाज्ञा एक हप्ता थप हुने र अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि अहिलेको अवस्थामा खोल्ने अवस्थामा आफूहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

अरु के– के क्षेत्र थप खुकुलो हुन्छन् भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समयतालिका हेरफेर हुन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिनेछौं उहाँले भन्नुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजेपछि सकिँदैछ छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १२ : १४ बजे