साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

राष्ट्रपतिभन्दा जब राजा लाग्यो ठिक

आफुमा राजनैतिक बडप्पन देखाउन 
तपाईलाई 
रास्ट्रपति भन्दा जब  राजा लाग्यो ठिक
निशाना अन्तै साध्नु भएको थियो 
तर घुमेर  आफैलाई नै लाग्यो फ्लाईङ  किक 

कमरेड 
राजा हुदा नै थियो भने ‘सान’ बैभव र  मान 
क्रान्तिको नाममा किन लिएको त ? 
अनाहकमा निहत्था नेपालिको ज्यान ! !  
जब बर्तमान रास्ट्रपतिको भन्दा
पुर्ब राजाको देख्न थाल्नु भयो उचाई
के हो त्यो ?
राजनैतिक स्टन्ट कि हजुरको मनको सच्चाई ?

कमरेड हजुर त 
आफुलाई गणतान्तिक नेपालको पिता सम्झदै
अरुलाई गणतन्त्रको झडेकेलो बुवा सम्झनुहुन्छ
अरुलाई फगत लेदो मिसियका पानी ठान्दै
आफुलाई निर्मल कन्चन कुवा सम्झनुहुन्छ । 

२१ औ शदिको घोर कलियुगमा 
हजुरको पुत्री मोह सङ्ग 
देखियो त द्वापर युगको धृतरास्ट्र पनि हारेको 
अहिले आएर राजाकै उचाई र सान ठिक लागे 
१७ हजार नेपालीलाई किन अनाहकमा मारेको ??

कन्यादान 
रक्तदान 
र मतदान 
यी ३ दान निशुल्क गरिने दान हुन 
तर पनि लोकतन्त्रको धज्जी उडाउदै 
चितवनमा प्रकट भएको हजुरको पुत्री मोह 
कठै  !  अझ पनि

हजुर थाक्नु हुन्न लोकतन्त्रको दुहाई दिन 

हामिलाई पनि राम्रो थाहा छ 
हाम्रो धेरै बादशाहहरु नाङ्गै छन 
हजुर र हजुरको परिवारको लागि सधै सिधा भएको गणतन्त्र 
जनताको  लागि त बाङ्गै छन 

एजेन्टको भेषमा बसेका दुई छापामार
अनि निर्बाचन आयोग र अदालतको सहयोगमा 
न्याय प्रेमी चितवने जनताको अभिमतमा 
दिन दहाडै कस्ले हान्न लगायो  छुरा ?
अझै पनि छुट छ र कमरेड ??
तपाईहरु जस्तो नाग्गो बादशाहले गर्नलाई 
हैसियत,उचाई , मान,  सान र बैभवको कुरा??

​​​​​​​

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : ०५ बजे