साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बङ्लादेशमा कडा लकडाउन अगाडि ठूलो भिड राजधानी ढाकाबाट बाहिरिँदै

काठमाडौँ । बङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ।

बीबीसीका अनुसार सोमवारदेखि सात दिनसम्म बङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ।

त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन्। अहिले बङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलो पटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ०२ बजे