क्रियाशिल सदस्यता विवादको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधकारी बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता विवादको विषयमा छलफल गर्न दिउँसो २ः०० बजे बैठक बस्न लागेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ३७ बजे