दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

खाना पकाउने ग्यास चुहावट हुँदा आगलागी

मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४ चाँगुस्थित एक घरमा आगलागी भएको छ । 

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु. ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद रु पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो । 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ५२ बजे