प्रधानमन्त्रीको अफर आइसक्यो तर विपक्षी गठबन्धनलाई धोका दिन्नँ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताउनुभएको छ ।

आज नयाँबानेश्वरस्थित संसद्‍ भवनमा पत्रकारसँगको अन्तरक्रियामा उहाँलेले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताउनुभएको हो । उहाँले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आए पनि प्रधानमन्त्री केपी ओलीसँग भने नमिल्नेसमेत बताउनुभयो ।

‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो । माधव नेपाल धोका दिने मान्छे होइन । जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ,’ नेता नेपालले भन्नुभयो ।

उहाँले मन उता शरीर एता नभएको बरु सकारात्मक सम्बन्धमा रहेकोसमेत उल्लेख गर्नुभयो । ‘तपाईंहरूले भने जस्तो मन एता शरीर उता होइन । मन यता मन सकारात्मक रिलेसनमा छ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ०३ बजे