दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

भजनी – कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने  कर्णाली नदीको सत्ती   पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ । उहाँले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताउनुभयो ।  

     कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको  स्थानीय भीम बिकले जानकारी दिनुभयो ।   पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । 

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ३९ बजे