दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्वरोजगार कोषको सहयोगले व्यवसायगर्न हौसला मिल्यो

काम कहिल्यै ठुलो सानो हुँदैन, बस दिगोपना आवश्यक छ, सुदिप राईको निरन्तरताले आज उनलाई एक सफल र मेहनती ग्रिल व्यवसायी साबित गराएको छ । उदयपुरको चौदण्डीगडी नगरपालिका ७ बिपिचोकमा उनको ग्रिल कारखाना छ ।

विगत ५ वर्षदेखि विपिचोकमा ग्रिल कारखाना खोलेका उनलाई यही व्यवसायले राम्रो आम्दानी गराएको छ । आफु १६/१७ बर्षको उमेरमै कतारमा वैदेशिक रोजगारीका लागि गएका सुदिपले २ वर्षसम्म पनि खासै कमाइ गर्न सकेनन् । २ बर्ष विदेशमा बसेपछि आफनो समय त्यसै खेर गइरहेको उनलाई महसुस भयो त्यसपछि उनी स्वदेश फर्किए । नेपाल फर्किएपछि उनले ग्रिल काटेर मिलाउने काम काठमाडौंमै बसेर सिके । सुदिप भन्छन, सीप त काठमाडौंमा बसेर सिके तर व्यवसाय गर्न पैसा थिएन त्यही समय स्वरोजगार कोषले दिएको एक लाखले व्यवसाय गर्न सजिलो भयो । हरेक कुरामा पैसा नै जोडिनेहुँदा कहाँबाट जुटाउने ? धितो के राख्ने भन्ने झण्झट भइरहन्थ्यो सुदिपले भने । स्वरोजगार कोष अन्र्तगत नजिकैको नवदुर्गा सहकारीले सस्तो व्याजमा ऋण दिएपछि गाउँमै काम गर्ने जाँगर बढेको उनले सुनाए । विदेशबाट फर्किएपछि अर्कै देशमा जाने योजनाले सिकेको ग्रिलको तालिम बल्ल उनले आफनै गाउँमा प्रयोग गर्न पाए । यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको अनुभवबाट मैले निकै सानो लगानीबाट यो व्यवसायमा अघी बढेको हुँ सुदिपले भने । सुदिपले अहिले आफनै ठाउँ बसाहा, फत्तेपुर, हडिया लगायतका क्षेत्रमा घरको रेलिङ्ग हाल्ने, आल्मुनियमको ढोका पार्टेसन गर्ने जस्ता काम गर्दे आइरहेका छन् । 

अहिले उनले त्यही ग्रिल व्यवसायबाट बर्षमा ४/५ लाख आम्दानी गर्ने गरेको सुनाए ।  उनी भन्छन, ‘स्वरोजगार कोषको ऋणले हामी जस्तो देशमै केही गछौ भन्नेहरुका लागि ठुलो सहयोग पुगेको छ । पैसा नहुदा साहुसँग ऋण माग्नु परयो, समयमा बुझाउन सकेन भने झनै तनाव बढने थियो ।’ सस्तो व्याजको ऋणले काम गर्न सजिलो भएको उनी बताउँछन । उनी भन्छन, हामी जस्ता पैसा नहुनेहरुलाई  व्यवसाय गर्न स्वरोजगार कोषले गरेको सहयोगले हौसला मिलेको छ । 
 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ०० बजे