रौतहट । बर्षको पानी खेतमा झारिदिएको निउँमा दुई परिवारबीच हानाहान हुँदा रौतहटमा दर्जनबढी घाइते भएका छन्।
रौतहट मौलापुर नगरपालिका–१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो। स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो।
सोनारको परिवार खाना खाइरहेको अवस्थामा यादव परिवार खनिएको थिए। आक्रमणबाट सोनार परिवारका अधिंकाश सदस्यहरु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार सोनार परिवार खाना खाइरहेको मौका पारेर यादव परिवार जाइ लागेको देखिन्छ ।
सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको थियो।
झडपमा एक दर्जनभन्दा बढी घाइते भएका र घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १२ असार २०७८, शनिबार १२ : ५१ बजे
प्रतिक्रिया