साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेबाट निर्वाचित वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको डोजरले हानेर हत्या

सर्लाही ।  सर्लाहीको ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको हो । 
आपसी विवाद हुँदा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीले हत्यामा संलग्न रहेका डोजर चालक र हत्याका प्रत्यक्षदर्शी डोजरधनीलाइ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा डोजर चालक हर्कबहादुर तामाङसँग वडाध्यक्षको विवाद भएको थियो । आवेशमा आएर तामाङले वडाध्यक्षको हत्या गरी माटोले पुरेर फरार भएका थिए ।

वडाध्यक्षसँगै ठेकेदार प्रेम दाहाल पनि पोखरी निरीक्षण गर्न पुगेका थिए । नजिकैको पसलमा खाजा खानेक्रममा जेसिबीका चालक र वडाध्यक्षबीच विवाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएपछि चालक तामाङले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत स्थानीय निर्वाचनमा श्रेष्ठ नेकपा एमालेका तर्फबाट भारती मतान्तरमा विजयी हुनुभएको थियो ।
 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : २९ बजे