साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शिक्षा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ । अस्ट्रेलियास्थित हार्बर इन्टरनेसनल कलेजको सहयोगमा नेपाली पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध भएको छ । 

मुलका अष्ट्रेलियन व्यावसायी मातका बिमोली र सुमन भेटवालद्वारा सञ्चालित सो कलेजले कोभिड–१९ को जोखिमका बीच अग्रपङ्गितमा रहेर कार्यरत पत्रकारलाई प्रेस ज्याकेट, मास्क, फेस सिल्ड, स्यानिटाइजरजस्ता सामग्री उपलब्ध गराएको हो । 

ती सामाग्री नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखासहित शिक्षा पत्रकार समूह (इजेजी), शिक्षा पत्रकार समाज (सेज)र शिक्षा पत्रकार सञ्जाल (इजोन)का नेतृत्वलाई हस्तान्तरण गरिएको छ ।

सो कलेजले हस्तान्तरण प्रक्रियाका लागि कान्तिपुर टेलिभिजनमा कार्यरत पर्वत घिमिरे, जुपिटर मिडियाका निर्देशक सुनिल आचार्य र कम्प्यासन फर ह्युम्यानिटीका अध्यक्ष राधेश्याम मल्ललाई आभार प्रकट गरेको छ । 

कलेजले यस अघि कोरोना महामारीमा अग्रभागमा रहेर खट्ने प्रहरी, प्रशासन, स्वास्थ्यकर्मीलगायतलाई  सहयोग गरेको थियो ।

कलेजका मार्केटिङ म्यानेजर मुकेश धमलाले नेपालमै उच्च शिक्षा अध्ययनार्थ विभिन्न मेडिकल तथा नर्सिङ कलेजमा तीन जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको र आगामी दिनमा कोरोना तथा प्राकृतिक प्रकोपबाट प्रभावित विद्यार्थीलाई नेपालमै वा अस्ट्रेलियामा अवस्थित कलेजमा अध्ययन गर्न थप छात्रवृत्तिको व्यवस्था गर्ने जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४१ बजे