धरहराबाट उपत्यका नियाल्ने रहर

प्राकृतिक विपद्को व्यवस्थापन तथा राहतकार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपद् व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । 

जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो । 

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले  राजननीति गर्नु हुन्न  मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनु भयो । साथै उहाँले बाढीको पुर्व सूचना दिन साइरन राख्ने,  कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुसमेत दिनुभयो ।

यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्, उनीहरलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ,’ प्रधानमन्त्रीको भनाई थियो । 

 प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा  गर्न , बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गर्नुभयो ।
 
विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था  गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।  सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु ,४०० परिवार विस्थापित भएका छन् । 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १८ बजे