साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तत्काल चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई  नेपालमा पछिल्ला दिनहरूमा कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव दिएको बताइन्छ । 

आज अपराह्न ४ बजे सीसीएमसीको बैठक बस्दै छ । बैठकमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरूले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्नुहुने कार्यक्रम छ ।   प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिन सक्ने छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ३३ बजे