दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप २ हजार ४७४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १२ हजार २३२ जनाको परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  २ हजार ५१८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ४९ हजार ५५५  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  २४ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ८ हजार ९१८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ४७ बजे