चिरीबाबुको मनपरी रोक्न ललितपुर महानगरका बहुमत सदस्यद्वारा नगरसभा बहिष्कार 

काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्नुभएको छ  । नगरसभामा रहनुभएका ९२ सदस्यहरुमध्ये ६६ जना ्सदस्यले नगरसभा बहिस्कार गरेका हुन् ।  नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गर्नुभएको हो ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ ।

आज नगरसभामा बाट  बजेट प्रस्तुत गर्ने मेयर महर्जनको तयारी रहेपनि  नगरसभा किचालोको कारण सुरु हुन सकेको छैन ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कार्यपालिकाको बैठक नै नबसाली मनोमानी गरेको नगर सदस्यहरुको आरोप छ । पटक पटक मेयर महर्जनको कार्यशैलीप्रति आपत्ति जनाउँदा समेत मेयरले मनोमानी गर्न नछोडेकोले नगरसभा बहिस्कार गर्नुपरेको उनीहरुले  बताए  । 
 मेयर महर्जनले इन्टरनेटका लागि अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको ५५ लाख बजेटलाई कार्यपालिका र नगरसभाको अनुमति बिनै २ करोड ४ लाख बनाई टेन्डर आव्हान गरी घोटाला  गरेको समेत वडा अध्यक्षहरू बताउँछन्  ।
 कानुन विपरित मेयर महर्जनले महानगरमा दरबन्दी नै नभएको पद सृजना गरी वरिष्ठ प्रहरी निरीक्षक भन्दै आफु निकट कार्यकर्ता सिताराम हातेछुलाई नियुक्ति गरेको, नगर प्रहरीको ड्रेस परिवर्तनमा समेत मेयर महर्जनले मनपरी गरेको नगरसदस्यहरुको आरोप छ । कार्यपालिकाको निर्णयबाट मात्रै नगर प्रहरीको पोसाक परिवर्तन गर्न सकिने व्यवस्था नगर प्रहरी विनियमावलीमा भए पनि नगरप्रमुख महर्जनको ठाडो आदेशमै पोसाक परिवर्तन गरिएको थियो । 

महर्जनले नगरसभा र कार्यपालिकालाई थाहै नदिई आफूखुसी आर्थिक सहयोगमा नाउँमा मनपरी गर्नेकाम गरिरहेका थिए । 

नगरसभामा मेयर महर्जनको विरुद्ध बहुमत भएकाले मेयर महर्जनले नगरसभा र कार्यपालिका बैठक छली अनावश्यक र मनपरी निर्णय गरिरहेपछि नगरसभा बहिस्कार गर्नुको विकल्प नरहेको वडा अध्यक्षहरु बताउँछन् । 

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७६ मा खर्च गर्ने अख्तियार र कार्यविधिको उपदफा९७० मा कार्यपालिकाले सभाबाट स्वीकृत सीमा र शीर्षक बाहिर गई बजेट खर्च गर्न पाउने छैन भन्ने व्यवस्था हुँदा हुँदै ऐन नियम विपरीत मेयर महर्जनले मनपरी गर्न नछाडेपछि नगरसभा बहिस्कार गर्नुको विकल्प नरहेको  वडा अध्यक्षहरु बताउँछन् । 
 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १ : ३० बजे