नेपालगन्ज । कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत साहिलेक ४ बैतडीका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५२ जना र बाँकेका ३सय १० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : १० असार २०७८, बिहिबार १० : ५३ बजे
प्रतिक्रिया