यस्तो रहयो स्वास्थ्यमन्त्री तामाङको १९ दिने कार्यकाल

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पदमुक्त हुनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्नु भएको छ ।

उहाँले १९ दिन स्वास्थ्य मन्त्रालयको सजम्मेवारी सम्हाल्नुभयो । निर्वतमानमन्त्री तामाङले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको उल्लेख गर्नुभएको छ । उहाँले खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताउनुभएको छ ।

यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो पनि हुने उहाँले उल्लेख गर्नु भएको छ । तामाङले सम्पूर्ण जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रियाको सुरुवात गरेको बताउनुभयो । उहाँले सबै सरकारी अस्पताललाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ गर्ने प्रयास भएको समेत उल्लेख गर्नु भएको छ ।

साथै, उहाँले गाँजाको औषधिय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ५४ बजे