काठमाठौं । काठमाडौं उपत्यकामा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।
आज बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् । मोवाइल नेटवर्कमा समस्या आएपछि सञ्चार सम्पर्कमा कठिनाई आएको छ ।
टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्। यसो हुनुको कारण खुलेको छैन ।
नेपाल टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।
प्रकाशित मिति : ९ असार २०७८, बुधबार ८ : ४८ बजे
प्रतिक्रिया