दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवतीको हवाई उद्धार

रुकुम(पूर्व) – रुकुम (पूर्व) का एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका १९ वर्षीया भूमीका पुनमगरलाई हेलिकोप्टरबाट उद्धार गरेर आज सुर्खेत लगिएको गाउँपालिका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिनुभयो । 

उहाँका अुनसार ती महिलालाई गएराति १२ बजेमात्रै मैकोट स्वास्थ्यचौकीमा पु¥याइएको थियो । सो स्वास्थ्य सस्थामा सुत्केरी गराउन जटिलता आएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हवाई उद्धार गरिएको स्वास्थ्य संयोजक गिरीले बताउनुभयो । 

भरपर्दाे र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दूर्गम भेगमा गर्भवती तथा सुत्केरीले जोखिम मोल्दै आएका छन । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट पनि यहाँका महिलालाई केही राहत भएको छ ।

रासस

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : १३ बजे