सुनको मूल्यमा नयाँ कीर्तिमान

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय (निर्णयसहित)

काठमाडौँ– सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो । अब काठमाडौँ–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ–इस्तानबुलमा साताको २, काठमाडौँ–दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ–कुवेतमा साताको दुई, काठमाडौँ मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

 मन्त्रिपरिषको निर्णय :

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : २४ बजे