दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप ४ हजार ५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ४ हजार ९५४ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५२ हजार ६४८  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ४१ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ८ हजार ८१३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ५९ बजे